सबैभन्दा धेरै नाफा गर्नेमा राष्ट्रिय वाणिज्य बैंक पहिलाे, कमायाे ५ अर्ब ३२ करोड

काठमाडौं, ३१ साउन । निजी क्षेत्रका बैंकहरुलाई पछाडी पार्दै राष्ट्रिय वाणिज्य बैंक यस वर्ष सबैभन्दा धेरै नाफा कमाउने बैंक बन्न सफल भएको छ ।

बैंकले बिहीबार प्रकाशित गरेको आर्थिक वर्ष २०७५/७६ को वित्तीय विवरण अनुसार बैंकले चौंथो त्रैमासिकको अन्त्य सम्म ५ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो नाफा बैंकिङ्ग क्षेत्रकै हालसम्म्को सबैभन्दा धेरै हो । बैंकले अघिल्लो आवमा ३ अर्ब ६५ करोड रुपैयाँ नाफा गरेको थियो ।

सबैभन्दा बढी नाफा गर्नेमा दाेस्राे स्थानमा रहेकाे कृषि विकास बैंकले ४ अर्ब ३५ कराेड कमाएकाे छ भने तेस्राे स्थानमा रहेकाे नबिल बैंकले ४ अर्ब २९ कराेड रूपैयाँ कमाएकाे छ ।

बैंकको खुद ब्याज आम्दानीमा पनि वृद्धि भएको छ । राष्ट्रिय वाणिज्य बैंकको तथ्यांक अनुसार अघिल्लो वर्ष ९ अर्ब ११ करोड खुद ब्याज आम्दानी गरेको बैंकले यो वर्ष १० अर्ब २२ करोड खुद ब्याज आम्दानी गरेको छ ।

निक्षेप सङ्कलन तथा कर्जा लगानीमा पनि वाणिज्य बैंक अन्य बैंकभन्दा माथि देखिएको छ । बैंकले सर्वसाधारण तर्फ निक्षेप १ खर्ब ९० अर्ब सङ्कलन गरेको छ भने १ खर्ब ४४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको तथ्यांकमा छ ।

अघिल्लो वर्ष १ खर्ब ६४ अर्ब निक्षेप संकलन गरेको बैंकले १ अर्ब १७ अर्ब कर्जा लगानी गरेको थियो ।

बैंकको देशभर २ सय २३ वटा शाखा कार्यालयहरु रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here