सामाजिक सञ्जालको प्रयोगमा विशेष सावधानी अपनाउन आग्रह

काठमाडौं । पछिल्लो समय फेसबुक म्यासेन्जर, ह्वाट्सएप, भाइबर, इमो आदिमा भिडियो कलमार्फत अपराधका घटना बढेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीको साइबर ब्युरोले एक सूचना निकाल्दै सामाजिक सञ्जालका प्रयोकर्तालाई फ्रेन्ड रिक्वेस्ट पठाएर आफैँ भिडियो कल गरी अपरिचित व्यक्ति आफैँले अश्लील क्रियाकलाप देखाएर सम्बन्धित व्यक्तिलाई झुक्यानमा पार्ने गरेको जनाएको हो ।

“कल गर्ने व्यक्तिले अश्लील क्रियाकलापमा संलग्न हुने वातावरण बनाई उक्त भिडियो कलको रेकर्ड गर्ने गर्दछ । त्यसपछि साइबर अपराधमा फसाइदिन्छु, सामाजिक तथा पारिवारिक सम्बन्ध तहसनहस गराइदिन्छु भन्ने किसिमका धम्की दिई बारम्बार रकम माग गर्ने गरेका घटनाहरू पछिल्लो समय धेरै नै बढ्दै गइरहको देखिन्छ,” ब्युरोले भनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here