गोविन्दराज जोशी र दिनेश कोइरालाको कारबाही फुकुवा

काठमाडौं । नेपाली कांग्रेसले चुनावमा बागी उठेका र उनीहरुको प्रस्तावक र समर्थक बसेर कारबाहीमा परेका नेता कार्यकर्ताको कारबाही फुकुवा गरेको छ । जसअनुसार पूर्व सहमहामन्त्री गोविन्दराज जोशी र पूर्व केन्द्रीय सदस्य दिनेश कोइरालासहितका नेता कार्यकर्ताको कारबाही फुकुवा भएको हो ।

पार्टी केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले मंगलबार एक विज्ञप्ति जारी गर्दै २०७४ साल र २०७९ सालमा भएका चुनावमा बागी उठेका र उनीहरुको प्रस्तावक र समर्थक बसेर कारबाहीमा परेका तनहुँ, चितवन र बारा जिल्लाका सदस्यहरुको कारबाही फुकुवा गरेको जानकारी दिए ।

२०७४ सालमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलविरुद्ध गोविन्दराज जोशीले बागी उम्मेदवारी दिएका थिए भने कोइरालाले गत चुनावमा चितवन ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here