एक महिनामा श्रम स्वीकृति लिने १४ हजार बढी श्रमिक सीपविहीन, उच्चदक्ष २० जना

काठमाडौं । चालू आर्थिक वर्षको चैत महिनामा ६१ हजारभन्दा बढी नेपालीले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार, चैतमा ५६ हजार ३४३ पुरुष र ५ हजार ५ हजार १३५ जना महिला गरी कुल ६१ हजार ४७८ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका हुन् ।

श्रम स्वीकृति लिएका कामदारहरुमा दक्ष, अर्धदक्ष, पेशागत, सिप भएका र सीप नभएका कामदारहरुको संख्या रहेको छ ।

चैतमा सबैभन्दा धेरै १६ हजार २६५ जनाले मलेसियाका लागि श्रम स्वीकृति लिएका छन्। त्यस्तै साउदीका लागि ११ हजार ३६४, कतार ११ हजार २४९ र युएई १० हजार १९३ जनाले श्रम स्वीकृति लिएका छन्।

गत महिना विभिन्न युरोपियन मुलुकहरू, दक्षिण कोरिया लगायत १०० मुलुकका लागि नेपालीहरूले श्रम स्वीकृति लिएका छन्।

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएकाहरुमा उच्चदक्ष कामदारको संख्या २० , पेशागत कामदारको संख्या ८३, अर्धदक्ष कामदारको संख्या ५ हजार २९३ सीपयुक्त कामदारको संख्या ४१ हजार ७२९ र सीप नभएका कामदारहरुको संख्या १४ हजार ३५३ रहेको तथ्याङकमा उल्लेख छ ।