रास्वपा लक्षित प्रचण्डको अभिव्यक्ति- ‘ठूल्ठूला गफ हाँक्नेको असलियत देख्नु भो’ !

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै ठूल्ठूला गफ हाँक्नेहरूको असलियत देखिराखेको टिप्पणी गरेका छन् ।

तनहुँमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले भने , ‘तपाईंहरूले हेर्नुभयो भने भ्रष्टाचार र बेथितीलाई रोक्नका लागि केही कठोर कदम चालिएको छ। म अहिले व्याख्या गर्दिनँ। हिजोको मात्रै क्याबिनेटको निर्णय तपाईंहरूले हेर्नुहोला। कुरो गहिरो छ। कुरो धेरै गहिरो छ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछने गृहमन्त्री हुँदा फास्ट ट्र्याकबाट एड्भान्टेज इन्टरनेसनल प्रालिलाई राष्ट्रिय परिचयपत्रका विवरण रूजु गर्ने जिम्मा दिने निर्णय गरेका थिए।

उपचुनावमा गोविन्द भट्टराईलाई जिताएर पठाए मन्त्री बनाएर पठाउने आश्वाससमेत उनले दिए । रुख चिन्ह कांग्रेसको मात्रै नभएर सबैको साझा भइसकेको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here