ग्लोबल आइएमई नबिलपछि धेरै नाफा कमाउनेमा बैंक

काठमाडौं । ग्लोबल आइएमई बैंकले तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको । वित्तीय विवरणानुसार ग्लोबल आइएमई बैंकले ४ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा गरेको छ।

बैंकले गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा नाफा १७ प्रतिशतले बढाएको हो। सो अवधिमा बैंकले ३ अर्ब ७२ करोड रुपैयाँ नाफा गरेको थियो।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म यो बैंकको खराब कर्जा २.९२ प्रतिशत छ । गत वर्षको सोही अवधिमा यो बैंकको खराब कर्जा १.१३ प्रतिशत कायम भएको थियो ।

बैंकको खुद ब्याज आम्दानी वृद्धि भएको छ । चैत मसान्तसम्म बैंकले खुद ब्याज आम्दानीबापत ६ अर्ब ५४ करोड ३० लाख रुपैयाँ आर्जन गरेको छ ।
गत वर्षको चैत मसान्तसम्म यो बैंकले ब्याज आम्दानीबापत चार अर्ब ७९ करोड ५२ लाख रुपैयाँ आर्जन गरेको थियो । बैंकको खुद ब्याज आम्दानी ३६ प्रतिशतले वृद्धि भएको छ ।

बैंकको सञ्चालन नाफमा पनि वृद्धि भएको छ । चैत मसान्तसम्म तीन अर्ब ७९ करोड ४५ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड १० लाख पुगेको छ । गत वर्षको चैत मसान्तसम्म यो बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड ५७ लाख रुपैयाँ थियो ।

बैंक अफ काठमाण्डूसँग मर्जरमा गएसँगै यो बैंकको चुक्ता पुँजी हाल सञ्चालित वाणिज्य बैंकहरूको भन्दा बढी कायम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here