१० निर्माण कम्पनी एक वर्षदेखि तीन वर्षसम्मलाई कालोसूचीमा

काठमाडौं । सरकारले १० निर्माण कम्पनीलाई एक देखि तीन वर्ष सम्मका लागि कालोसूचीमा राखेको छ ।

प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १० वटा निर्माण व्यवसायी एवम् आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो ।

कालोसूचीमा पर्नेहरुमा एसएएस कन्स्ट्रक्सन, धुलिखेल युनिकर्ण जेभी (धुलिखेल निर्माण सेवा र युनिकर्ण कन्स्ट्रक्सन), फेवा नेपाल, कन्या कालिका स्टिल फर्निचर कालोसूचीमा परेका छन्।

त्यस्तै गरि नागर्जुन शंकरमाली जेभी (नागर्जुन कन्स्ट्रक्सन कम्पनी र शंकरमाली निर्माण सेवा), ओम शान्ति निर्माण सेवा, रेडलाइन कन्स्ट्रक्सन कम्पनी, सेफ मेटल कन्स्ट्रक्सन, सिरुवा/कविर/सुनकोशी जेभी र वाईपी/रफिना जेभी कालोसूचीमा परेका छन्।

यी निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई १ देखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ। कालोसूची अवधिभर ती निर्माण कम्पनी तथा आपूर्तिकर्ताले सरकारी टेन्डरमा भाग लिन पाउने छैनन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here