मनकामना केबलकार वैशाख १० गते बन्द हुने

काठमाडौं । वैशाख १० गते (आगामी आइतबार) मनकामना केबलकारको सेवा बन्द हुने भएको छ । सो दिन चितवन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचन परेकाले केबलकार सेवा बन्द हुने भएको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनले उपचुनावका दिन केबलकार सेवा संचालन गर्दा भीड एकत्रित भइ सुरक्षा संवेदनशीलता बढ्ने हुँदा केबलकार सेवा बन्द गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासनले मनकामना दर्शन प्रालिलाई पत्र लेख्दै मतदानका दिन सुरक्षा संवेदनशीलतालाई मध्येनजर गर्दै केबलकार सेवा संचालन नगर्न भनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here