भोलि पृथ्वी राजमार्गसमेत बन्द रहने

फाइलफोटो

काठमाडौं । तनहुँ–१ मा आइतबार हुने उपनिर्वाचनका दिन पृथ्वी राजमार्गसमेत बन्द रहने भएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले सूचना जारी गर्दै मतदानका दिन बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने पृथ्वी राजमार्ग खण्ड र भित्री सडकखण्डमा सवारी साधन पुर्णरुपमा बन्द रहने जनाएको छ ।

पृथ्वी राजमार्गको मुग्लिङ पुलदेखि व्यास नगरपालिकाको चापाघाट ९मादी नदीको पुलको पश्चिम भाग० सम्म, डुम्रे–बेंसीसहर सडकखण्ड, आँबुखैरेनी गोरखा सडकखण्ड, दमौली दुईपिप्ले सडकखण्डलगायत सम्पूर्ण स्थानीय सडक बन्द रहने प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here