तुइनबाट महाकाली नदीमा खसेर एक पुरुष बेपत्ता

दार्चुला । दार्चुलामा तुइनबाट महाकाली नदीमा खसेर एक पुरुष बेपत्ता भएका छन् । व्याँस गाउँपालिका २ दुम्लिङका ४५ वर्षीय सिङ्दल सिंह भण्डारी तुइनबाट खसेर बेपत्ता भएको वडा अध्यक्ष धिरेन सिंह बुढाथोकीले जानकारी दिए । आज दिउँसो साढे १ बजेतिर भण्डारी नेपालबाट भारत जाने बेला तल्लो दुम्लिङस्थित तुइन घाटबाट खसेर बेपत्ता भएको उनले बताए । बेपत्ता भण्डारीको अहिले प्रहरी र स्थानीयहरुले खोजी गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here