एमालेमै फर्किए नेता मुकुन्द न्यौपाने

काठमाडौं । कम्युनिस्ट नेता मुकुन्द न्यौपाने एमालेकै फर्किएका छन्। शनिबार एमालेको पार्टी कार्यालय च्यासमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतले उनलाई एमालेमा स्वागत गरेका हुन्।

उनले गत चैत २५ गतेमात्रै पार्टी परित्यागको घोषणा गरेका थिए। उनी एकीकृत समाजवादीमा तेस्रो वरियताका नेता थिए।

पार्टी परित्याग गर्दै उनले नेकपा एकीकृत समाजवादी पार्टीको सदस्य हुनुभन्दा देशको असल नागरिक भएर बस्ने उचित हुने निष्कर्ष निकालेको बताएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here