उपनिर्वाचन : बारा–२, चितवन–२ र तनहुँ–१ मा मतदान शुरु

फाइलफोटो

काठमाडौं । प्रतिनिधिसभातर्फ रिक्त रहेका तीन क्षेत्रमा बारा–२, चितवन–२ र तनहुँ–१ मा बिहान ७ बजेबाट मतदान शुरु भएको छ ।

तीनवटै निर्वाचन क्षेत्रमा मतदान प्रक्रिया शुरु भएको हो ।

चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पद सर्वोच्च अदालतबाट खारेज भएपछि उपनिर्वाचन हुन लागेको हो। यहाँ रास्वपाबाट लामिछाने, सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका जितनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपाने प्रतिस्पर्धामा छन्।

त्यस्तै, तनहुँ–१ बाट निर्वाचन रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त भएपछि सो स्थानमा पनि आज उपनिर्वाचन हुन लागेको हो। तनहुँ–१ मा कांग्रेसका गोविन्द भट्टराई, रास्वपाका स्वर्णिम वाग्ले र एमालेका सर्बेन्द्र खनाल प्रतिस्पर्धामा छ।

त्यस्तै, बारा–२ बाट निर्वाचित उपराष्ट्रपति बनेसँगै त्यहाँ उपनिर्वाचन हुन लागेको हो। यहाँ जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीबाट शिवचन्द्र कुशवाह, एमालेबाट पुरूषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल लगायत उम्मेदवार छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here