तनहुँ–१ मा माओवादी र जोशीको समूहको मत पनि रास्वपालाई

काठमाडौं । तनहुँ–१ मा माओवादी केन्द्र र गोविन्दराज जोशीको समूहको मत पनि रास्वपालाई गएको छ । कांग्रेसले जोशी समूहलाई मनाउन निकै प्रयास गरेको थियो । उनको कारबाही फुकुवा गरेको थियो ।

तर सहमति हुन सकेन । जोशी स्वयं रास्वपामा नखुले पनि उनका छोरा दिपकराज जोशीले भने रास्वपालाई खुलेर मत मागेका थिए । जोशीको घर भएको वडा भानु नगरपालिका–११ मा २ हजार १४ मत खसेको थियो ।

यहाँ रास्वपाका सवर्णिमले १ हजार २०२ मत पाएका छन् भने कांग्रेसका भट्टराईले ५९३ र एमालेका खनालले १८३ मत पाएका छन् । भानुका अरु वडामा पनि स्वर्णिमले धेरै मत पाएका छन् ।

नम्बर ३ मा स्वर्णिमले ७१४, ४ मा ७५९ र वडा नम्बर ८ मा ८५६ मत पाउँदा गोविन्दले ४१८, ४८२ र ४५८ मत पाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here