स्वर्णिमले कटाए १५ हजार मत, अझै फराकिलो पारे मतान्तर

काठमाडौं । तनहुँ–१ मा उपनिर्वाचनको मतगणना जारी छ।

अहिलेसम्म २१ वडाको मतगणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले निरन्तर मतान्तर बढाउँदै लगेका छन्। वाग्लेले १५ हजार मत कटाएका छन् ।

उनले तनहुँ क्षेत्र नम्बर १ मा १५ हजार १३५ मत पाएका छन् । २९ हजार ८०२ मत गणना हुँदा नेपाली कांग्रेसका उमेदवार गोविन्द भट्टराईले आठ हजार ७३४ मत पाएका छन् ।

यस्तै, नेकपा (एमाले) का उमेदवार सर्वेन्द्र खनालले चार हजार ९९९ मत पाएका छन् । यहाँ वाग्ले भट्टराईभन्दा ६ हजार ४०४ मतले अघि छन् । ४२ वडामध्य‍े अब २१ वडाको मत गन्न बाँकी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here