झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम ७५ करोडमा सीमित

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) २.७१ अंकले बढेर १८८८.३२ बिन्दुमा पुगेको हो ।

यसदिन ७५ करोड १३ लाख ३० हजार ३३९ रुपैयाँको २२ लाख ६० हजार ८२३ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक मध्ये ४ वटा बढेको छ भने अन्य सबै घटेका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । आइतवार ८२ करोड ८५ लाख ३४ हजार ३६ रुपैयाँ बराबरको करोबार भएको थियो ।

आज म्युचुअल फन्डको समूहगत सूचक सर्वाधिक १.१९ प्रतिशतले बढेको छ भने होटेल तथा पर्यटन क्षेत्रमा १.८५ प्रतिशतले घटेको छ ।

आज पिपुल्स पावर लिमिटेडको शेयरमूल्य सर्वाधिक ८.११ प्रतिशतले बढेर प्रतिकित्ता ३०० रुपैयाँ पुगेको छ । यस्तै, कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्य सर्वाधिक ९.६२ प्रतिशतले घटेर ८०३ रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here