चितवन-२ मा अघि लागे रवि लामिछाने, बारामा पछि परे उपेन्द्र यादव

काठमाडौं । बारा २ को उपनिर्वाचनको मतपरिणाममा जनमत पार्टीका शिवचन्द्र कुशवाहले अग्रता लिएका छन् । पछिल्लो पटक सार्वजनिक मत परिणाम अनुसार कुशवाहले ६०१ मत पाएका छन् भने जनता समाजवादी पार्टीका उपेन्द्र यादवले ५७१ मत पाएका छन् ।

नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५१०, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २३६ मत र आम जनता पार्टीका अरुण ज्ञवालीले ७६ मत पाएका छन् ।

त्यस्तै चितवन-२ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन्।

इच्छाकामना गाउँपालिकाका १ र ३ वडाको २४८४ मत गणना हुँदा लामिछानेले ११५५ मत पाएका छन्। उनलाई नेकपा एमालेका रामप्रसाद न्यौपानेले ६५५ मत ल्याएर पछ्याइरहेका छन्।

कांग्रेसका जितनारायण श्रेष्ठले ५८८ मत पाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here