फ्रेन्डसीप क्विज कन्टेस्ट २०७६ को उपाधी वृहस्पति विद्या सदनलाई

काठमाडौं, ३१ साउन । फ्रेन्डसीप क्विज कन्टेस्ट २०७६ को उपाधी वृहस्पति विद्या सदनलले प्राप्त गरेको छ ।

अक्सिडेन्टल पब्लिक स्कुल अनामनगर काठमाडौँले आयोजना गरेको क्विजमा उपत्यकाका २१ वटा विद्यालयहरुले सहभागि थिए ।

लोक सेवा आयोगको परीक्षाको शैलीमा आयोजना गरिएको क्विजमा उत्कृष्ट आठ टिम बिच दोस्रो चरणको प्रतिस्पर्धा गराइएको थियो ।

विद्यालयका निर्दे्रशक डी.वी. निरौलाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. सिद्धिप्रसाद कोइराला तथा कलाकार मदनदास श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।

हाजिरी जवाफ प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेको वृहस्पति विद्या सदनले रु २०,००० नगद सहित शिल्ड, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्यो ।

त्यस्तै दोस्रो स्थान प्राप्त गरेका ह्विज किड्स मा.वि. ले रु १०,०००, तेस्रो स्थान प्राप्त गरेको के.एम.सी मा.वि.ले रु ८,००० नगद र सान्त्वना स्थान प्राप्त गरेको व्राइट फ्युचर स्कुलले रु २,००० नगद सहित शिल्ड, ट्रफी तथा प्रमाण पत्र प्राप्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here