मेन्छियाम हाइड्रोपावरको आइपीओ बाँडफाँड

काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड भएको छ । धितोपत्र विक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले आइपीओ बाँडफाँड गरेको हो।

उक्त आइपीओमा कुल १२ लाख ४४ हजार ३ सय ८५ जनाको आवेदन परेको थियो । जसमध्ये ११ लाख ७४ हजार २ सय २८ जना मात्र शेयर पाउन योग्य रहेको क्यापिटलले जनाएको छ ।

माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका आवेदकलाई गोलाप्रथामा समावेश गराएर गोलाप्रथा मार्फत शेयर बाँडफाँड भएको छ ।

जसअन्तर्गत गोलाप्रथा मार्फत कुल ९५ हजार ४ सय ११ जनाले शेयर पाएका छन् । यी मध्ये ४ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन् ।

लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, विक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलको वेबसाइट र मेन्छियाम हाइड्रोपावर कम्पनीको वेबसाइटबाट पनि नतिजा हेर्न सकिनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here