दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम एक अर्ब मुनि

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको चौंथो दिन शेयर बजार मापक सूचक (नेप्से) १३.६८ अंकले घटेर १८९२ बिन्दुमा झरेको हो ।

यसदिन ८४ करोड ७० लाख २८ हजार २१९ रुपैयाँको २५ लाख ७१ हजार २०२ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक राताम्मे भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । मंगलवार ८८ करोड ५५ लाख ७८ हजार २७० रुपैयाँको बराबरको करोबार भएको थियो ।

आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको ७ करोड रुपैयाँ बढीको कोरोबार भएको छ । तारागाउँ होटलको ३ करोड ९० लाख र एभरेष्ट बैंकको ३ करोड १७ लाखको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here