राष्ट्रपतिको स्वास्थ्य अवस्था, उपचार खर्चबारे सदनलाई जानकारी खै ?

काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले राष्ट्रपति रामचन्द्र पौडेललाई भारतमा उपचारमा लागेको खर्चको बारेमा जानकारी गराउन माग गरेकी छिन् ।

शून्य समयमा बोल्दै उनले कुन–कुन रोग लागेको हो र उक्त रोग नेपालमा उपचार हुने वा नहुने त्यो जानकारी खै भन्दै प्रश्न गरेकी हुन् ।

उनले भनिन्, ‘हाम्रो देशको राष्ट्रपतिज्यू करिब १० दिनदेखि भारतमा उपचार गरिराख्नुभएको छ । बिरामी हुनुहुन्छ भन्ने हामीले सुनेका छौँ । तर सरकारबाट यसको आधिकारिकता के भएको हो उहाँलाई ? नेपालमा त्यसको उपचार हुन्थ्यो कि हुन्नथ्यो ?

उनले वीर अस्पतालको भीभीआइपीका उपचारका लागि राखिएको कक्षमा धुलो लागेपनि मुलुकका भिभिआइपीहरु धेरैजसो बाहिरै गएर उपचार गराइरहेको बताइन्। ‘कुन–कुन रोगको नेपालमा उपचार हुँदैन ? र त्यसलाई सुधार गर्न के गर्नुपर्छ भन्ने विषयमा पनि सरकारले ध्यान दिनुपर्छ,’ उनले भनिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here