अस्पतालहरूले पार्किङ शुल्क उठाए कारबाही

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरूले पार्किङ शुल्क उठाउने गरेकोमा ध्यानाकर्षण भएको जनाएका छ।

मन्त्रालय विज्ञप्ति जारी गर्दै सरकारी, निजी, सामुदायिक, प्रतिष्ठान तथा मेडिकल कलेजहरूलाई आज परिपत्र गर्दै महाशाखाले अस्पतालहरूले पार्किङ शुल्क लिइरहेकोबारे गुनासा प्राप्त भएको उल्लेख गरेको छ।

मन्त्रालय अन्तरगतको गुणस्तर मापदण्ड तथा नियमन महाशाखाले यसबारे चासो देखाएको छ। ‘अस्पतालमा पार्किङको शुल्क उठाउने गरेको, कार्यरत जनशक्तिलाई न्यूनतम पारिश्रमिकसमेत उपलब्ध नगराएको भन्ने गुनासा प्राप्त भएकोले स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गर्न सबैमा अनुरोध छ,’ महाशाखाका उपसचिव एकदेव खनालले गरेको परिपत्रमा उल्लेख छ।

स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड २०७७ को दफा ७० को (घ) अनुसार विपन्न, असहाय, बेवारिसे विरामीका लागि कुल शैयाको १० प्रतिशत शैया अस्पतालहरूले छुट्याउनुपर्छ भने नि:शुल्क रूपमा उपचारको व्यवस्थासमेत गर्नुपर्छ।

महाशाखाले अस्पतालको अग्रभागमा वडा पत्र राख्नसमेत आग्रह गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here