काठमाडौं महानगरभित्रका विद्यालयमा राजनीतिक कार्यक्रम गरे कारबाही

काठमाडौं । काठमाडौँ महानगरपालिकाले काठमाडौँको विद्यालयमा राजनीतिक कार्यक्रम गरे कारबाही गर्ने चेतावनी दिएको छ ।

बुधबार महानगरको शिक्षा विभागले एक सूचना जारी गर्दै महानगरभित्रका विद्यालयमा राजनीतिक दल र दलका भातृ सङ्गठनको कार्यक्रम गरे कारबाही गर्ने जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘कुनैपनि राजनैतिक दल र यसका भातृ संस्थाहरूका कार्यक्रम विद्यालयभित्र गर्न नदिन सूचित गरिन्छ । अनुगमनका क्रममा यस प्रकारका कार्यक्रम सञ्चालन गरेको भेटिएमा वा प्रमाण पुगेमा प्रधानाध्यापकलाई विभागीय कार्यवाही हुने ब्यहोरा समेत जानकारी गराइन्छ ।’

सूचनामा महानगरका केही विद्यालयमा प्रचलित शिक्षा ऐन तथा नियमावली विपरीत राजनीतिक दल र त्यसका भातृ सङ्गठनका कार्यक्रमहरू सञ्चालन गरेको सप्रमाण उजुरी प्राप्त भएको भन्दै ध्यानाकर्षण भएको समेत जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here