स्वास्थ्य बीमा बोर्डमा जागिर खुल्यो

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले कर्मचारी नियुक्तिका लागि आवेदन माग गरेको छ । करार सेवामा जनशक्ति आवश्यक परेकाले योग्यता पुगेका इच्छुक उमेदवारले दरखास्त दिनसक्ने बोर्डले जनाएको छ ।

मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातक तह वा सो सरह उत्तीर्ण गरेका व्यक्तिले आवेदन दिन सक्नेछन् । २१ वर्ष पूरा भई ३५ वर्ष उमेर ननाघेका (महिला उमेदवारको हकमा ४० वर्ष ननाघेका) व्यक्तिले दरखास्त दिन सक्नेछन् ।

परीक्षा असार २ गते शनिबार हुने बोर्डले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here