भीरमा खस्यो कार : दुईको मृत्यु, एक जनाको अवस्था गम्भीर

काठमाडौं । काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको कार दुर्घटनामा परेको छ । कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटना बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–२ पीपलभञ्ज्याङ नजिक बा ८ च ९१३५ नम्बरको कार अनियन्त्रित भई उक्त ठाउँमा सडकबाट अन्दाजी २० मिटर तल भीरमा खसेको थियो ।

कारमा सवार तीन जनामध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको र अर्का एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा झापा चारपानेका ४३ वर्षीय कुमार पुरी र साबिक सिन्धुली कपिलाकोटका साहारा प्रसाईँ रहेका छन् ।

प्युठानका योगेन्द्र थापा गम्भीर घाइते भएका छन् । थापाको थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here