सुनको मूल्यमा गिरावट, कतिमा हुदैछ कारोवार ?

काठमाडौं । सोमबार स्थानीय बजारमा सुनको मूल्य तोलामा २ सयले घटेको छ । साताको पहिलो दिन आइतबार सामान्य बढेको सुन आज तोलामा २ सय रुपैयाँले घटेको हो।

सोमबार सुनको कारोबार मूल्य प्रतितोला १ लाख ९ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आइतबार सुन प्रतितोला एक लाख ९ हजार २ सय रुपैयाँ थियो।

चाँदीको मूल्य सोमबार प्रतितोला १४ सय १५ रुपैयाँमा स्थिर छ। आइतबार चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here