बुढीगण्डकी आयोजनाको सीइओमा प्रदीप थिके नियुक्त

काठमाडौं । बुढीगण्डकी जलविद्युत पब्लिक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा प्रदीप थिके नियुक्त भएका छन् ।

नेपाल विद्युत प्राधिकरणको संचालक समितिको बैठकले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि सीइओको जिम्मेवारी दिने निर्णय गरेको हो। उनी प्राधिकरणको उपकार्यकारी निर्देशक हुन् । उनी यसअघि उनले यसअघि १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको प्रबन्ध निर्देशकको जिम्मेवारी पनि सम्हालेका थिए।

बुढीगण्डकी जलविद्युत पब्लिक लिमिटेडले १२०० मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्न लागेको छ। आयोजना निर्माणको जिम्म शुरुमा चिनियाँ कम्पनी गेजुवालाई दिइएको थियो। शेरबहादुर देउवा नेतृत्वको सरकारले आफैंले निर्माण गर्ने भन्दै चिनियाँ कम्पनीबाट फिर्ता ल्याएको हो ।

प्रस्तावित आयोजनाको विस्तृत अध्ययन सकिएको छैन। आयोजना ‍गोरखा र धादिङमा निर्माण हुनेछ। यसको निर्माण लागत ३ खर्ब ३१ अर्ब रुपैयाँ हुने अनुमान छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here