उम्मेदवारहरुको डाटा हराएपछि लोक सेवाले गर्यो पुनः दरखास्त आह्वान

काठमाडौ । लोक सेवा आयोगले उम्मेदवारहरुको डाटा हराएपछि पुनः दरखास्त आह्वान गरेको छ । आयोगले २०७९ साल मंसिर, पुस र माघ महिनामा प्रकाशित विज्ञापनहरुमा दरखास्त दिइसकेका उम्मेदवारहरुलाई पुनः दरखास्त दिन आह्वान गरेको हो ।

उम्मेदवारहरुले पुन दरखास्त पेस गर्दा शुल्क लाग्दैन । उम्मेदवारहरुले जेठ १८ गतेभित्र पुनः दरखास्त पेश गरिसक्नुपर्नेआयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए ।

लोक सेवा आयोगको अनलाइन दरखास्त प्रणाली होस्ट गरिएको सरकारी एकीकृत डाटा सेन्टर (जीआईडीसी०)बाट मेटिएका हो । सो डाटाहरु रिकभरी हुने निश्चित नभएपछि आयोगले पुनः दरखास्त माग गरेको हो ।

पुनः दरखास्त दिँदा पहिले जुन समूहको विज्ञापनमा आवेदन गरिएको हो सोही समूहको विज्ञापनमा मात्र आवेदन दिनुपर्ने छ । दरखास्त प्राप्त भएपछि साविकमा स्वीकृत भइसकेका दरखास्तहरु अनलाइन दरखास्त प्रणालीबाटै पहिचान गरेर दरखास्त स्वीकृत गरिने बताइएको छ ।

दरखास्त स्वीकृत भएपछि नयाँ रोलनम्बरसहितको प्रवेशपत्र जारी हुने आयोगले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here