एकै दिन तोलामा १८ सयले बढ्यो सुन

काठमाडौं । बुधबार सुनको मूल्य एकदै दिन तोलामा १ हजार ८ सय रुपैयाँले वृद्धि भएको छ । छापावाल सुन प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

मंगलबार सुन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । बुधबार एकैदिन १ हजार ८०० रुपैयाँले वृद्धि भएको हो ।

यस्तै तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला १ लाख ८ हजार ३०० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज १ हजार ७५० रुपैयाँले बढेको हो ।

बुधबार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । मंगलबार प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार २० रुपैयाँले वृद्धि भएर प्रतितोला १ हजार ४२५ रुपैयाँ पुगेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here