नवनियुक्त मन्त्रीहरूले आज शपथ लिने

काठमाडौं । नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण बिहीबार हुँदैछ । नेपाली कांग्रेसबाट मन्त्रीमा नियुक्त भएका धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बुलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउन लागेका हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त मन्त्रीहरुको शपथग्रहण आज दिउँसो ३ बजे हुने छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार गुरुङलाई कानुन, बस्नेतलाई स्वास्थ्य र लिम्बुलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here