सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा

फाइलफोटो

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउने नयाँ रेकर्ड राखेको छ । केही समयदेखि लगातार बढीरहेको सुनको भाउ आज हालसम्मकै उच्च बिन्दुमा पुगेर रेकर्ड राखेको हो ।

आज सुन प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ पुगेको छ । यो मूल्य पछिल्लो रेकर्डभन्दा आठ सय रुपैयाँ बढी हो। यसअघि २०७९ चैत २२ गते १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियो।

बुधबार तोलामा १ हजार ८ सय आठ रुपैयाँ बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार चाँदी प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here