‘रास्वपालाई सरकारमा ल्याउनेबारे सहमति भइसकेकाे छ’- माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउनेबारे सहमति उपनिर्वाचन अघि भएको बताएका छन् ।

बिहीबार कैलाली पुगेका अध्यक्ष नेपालले सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपनिर्वाचन अघि नै रास्वपालाई सरकारमा ल्याउनेबारे सत्ता गठबन्धनबीच सहमति भइसकेको बताएका हुन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफूले रवि लामिछानेलाई सरकारमा ल्याउँदा राम्रो हुने सुझाव दिएको दाबी गरे । अध्यक्ष नेपालले हाल पनि रास्वपालाई सरकारमा सहभागि गराउन छलफल भइरेको बताए ।

‘छलफल भइरहेको छ पहिले पनि ल्याउने भन्ने सहमति भइसकेको थियो । मन्त्रालयको पनि टुंगो भइसकेको थियो । त्यही बेलामा लागू हुने अवस्थामा भएपनि निर्वाचनको कारणले रोकियो । अब यसलाई लागू गराउने कुरामा पनि पोजेटिभ कुराहरू छन् । गठबन्धनमा सामूहिक छलफल भएपछि टुंगिन्छ । अहिलेसम्म फाइनल भएका छैन ।’, उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here