टोपबहादुरका छोरालाई तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

रायमाझीलाई बिहीबार बिहान काठमाडौं ल्याएर प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएको थियो।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा उनीमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ।

रायमाझीविरूद्ध बुधबार पक्राउ पुर्जी जारी भएको थियो। सोही दिन बुटवलबाट पक्राउ परेका उनलाई बुद्ध एयरको जहाजमार्फत बिहीबार बिहान काठमाडौं ल्याइएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here