काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से) १२.७३ अंकले बढेर १८७०.६५ बिन्दुमा पुगेको हो ।
यसदिन ७३ करोड २६ लाख ८९ हजार ८११ रुपैयाँको २५ लाख ३३ हजार ७१४ कित्ता शेयर किनबेच भएको छ ।
आज १३ वटा उपसमूहको समूहगत सूचक उकालो लागेको छ । ।