दुई अर्ब ८५ करोडको नागरिक बचतपत्र विक्री गर्दै राष्ट्र बैंक, यी कुरामा ध्यान दिनुस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतवारबाट दुई अर्ब, ८२ करोड १४ लाख लाख ७० हजार रूपैयाँ बराबरको ‘नागरिक बचत पत्र २०८५’ बिक्री गर्ने भएको छ।

केन्द्रीय बैंकले वार्षिक १० प्रतिशत ब्याज दिने गरी उक्त बचतपत्र बिक्री गर्न लागेको हो । ब्याजको भुक्तानी ६/६ महिनामा हुने र बचतपत्र ५ वर्षे अवधिको हुनेछ ।

घटीमा १० हजार र बढीमा कूल निष्कासित रकमको सीमामा नबढाई १० हजार रूपैयाँले भाग गर्दा निशेष भाग जाने अङ्कमा खरिद गर्न पाउने सीमा निर्धारण गरिएको छ।

जेठ २४ गतेसम्म आवेदन दिन सकिने नागरिक बचतपत्र जेठ ३० गते निष्काशन हुनेछ । उक्त बचतपत्र खरीद गर्न चाहने नेपाली नागरिकले बैंक तथा वित्तीय संस्थाहरू, राष्ट्र बैंकका शाखा कार्यालयहरू तथा वेबसाइटबाट फारम भरेर बुझाउन सक्नेछन् ।

ब्याज भुक्तानी लिने स्थान: आफूलाई पायक पर्ने बैंक बित्तीय संस्थाहरु, बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाहरु र नेपाल राष्ट्र बैंकका प्रदेशस्थित कार्यालयहरु ।

खण्डित अवधिको ब्याज: खरीदको लागि रकम बुझाएकै मिति देखि निष्काशन मितिभन्दा अघिल्लो दिनसम्मको तोकिएको ब्याजदरमा खण्डित अवधिको ब्याज रकम भुक्तानी दिइने ।

बचतपत्रको किसिम: स्टक वा प्रमिशरी नोटको रुपमा बचतपत्र लिन सकिने । स्टक वा प्रमिशरी नोटमध्ये आफूले लिन चाहेको प्रमाणपत्रको किसिम आवेदन फारममा खुलाउनु पर्ने । नखुलाइएको अवस्थामा प्रमिशरी नोट प्रमाणपत्र उपलब्ध गराइने । लेखपढ गर्न नजान्ने व्यक्तिलाई स्टक प्रमाणपत्र उपलब्ध गराइने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here