अझै सम्पर्कविहीन टोपबहादुर रायमाझी, खोज्दै प्रहरी

काठमाडौं । नेकपा ९एमाले०का सचिव एवं सांसद टोपबहादुर रायमाझी शुक्रबार बिहानसम्म पक्राउ परेका छैनन् ।

बुधबार पक्राउ पूर्जी जारी हुँदा उनी अर्घाखाँचीको महेन्द्र विद्योदय माध्यमिक विद्यालयको हिरक महोत्सवमा विशेष अतिथिका रुपमा सहभागी भइरहेका थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा उनीविरुद्ध गएको बुधबार काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

सोही प्रकरणका उनका छोरा सन्दीप पक्राउ परिसकेका छन् । बिहीबार काठमाडौं जिल्ला अदालतले उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here