१२ कक्षामा नन ग्रेड आएको विषय मात्र पुन: परीक्षा दिनुपर्ने

काठमाडौं । कक्षा १२ का विद्यार्थीले एनजी (नन ग्रेड) आएको विषयमा मात्र ग्रेडवृद्धि परीक्षा दिनुपर्ने भएको छ ।

सरकारले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गर्दै जति वटा विषयमा एनजी आएको छ त्यो विषयमा मात्र परीक्षा दिनुपर्ने व्यवस्था गरेको हो ।

यसअघि दुई वा दुईभन्दा कम विषयमा मात्र एनजी आउँदा ती विषयहरुमा मात्रै ग्रेडवृद्धि परीक्षा सोही वर्ष दिन पाउने र दुईभन्दा बढी विषयमा एनजी ल्याएको अवस्थामा अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने व्यवस्था थियो ।

एक पटक तोकिएको न्यूनतम ग्रेड प्राप्त गरेपछि सोही विषयमा दोहोर्‍याएर परीक्षा दिन उपयुक्त नहुने भएकोले संशोधन गरिएको बोर्डले जनाएको छ । यो संशोधित निर्देशिका गत वर्षको विद्यार्थीहरुमा समेत लागू हुने भएको छ । जस अनुसार गत वर्ष दुई भन्दा बढी विषयमा एनजी ल्याएका ५८ हजार विद्यार्थीलाई सहज हुने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here