डिभीको नतिजा आज सार्वजनिक हुँदै,कसरी हेर्ने ?

काठमाडौं । डिभी अर्थात अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसाको नतिजा अमेरिकाले शनिबार प्रकाशित गर्ने भएको छ । शनिबार राति ९ः४५ मा नतिजा सार्वजनिक हुन लागेको हो । डिभी भर्दा प्राप्त कम्फर्मेसन कोड नम्बरका आधारमा अमेरिका जाने चिट्ठा पर्यो कि परेन भन्ने थाहा हुने अमेरिकन डिभी शाखाले जानकारी दिएको छ ।

डिभीका लागि छनोटमा परे नपरेको थाहा पाउनका https://dvprogram.state.gov/ आफ्नो कन्फर्मेशन नम्बर प्रविष्ट गर्नुपर्ने छ। आवेदन दर्ता गर्दा आवेदकले आफ्नो इमेल ठेगाना समावेश गर्नुपर्ने छ। यद्यपि, छनोट भएका व्यक्तिहरूलाई उनीहरू छानिएका छन् भन्ने व्यहोराको इमेल सूचना पठाइँदैन।

डिभीका लागि छानिँदैमा कसैले सबैले भिसा पाउने भन्ने हुँदैन। भिसाका लागि अन्तर्वार्ता दिने मौका पाइयो भने कन्सुलर अफिसरले आवश्यक योग्यता छ वा छैन र अमेरिकी आप्रवासी कानुनबमोजिम डिभीका लागि आवेदक योग्य छ कि छैन भन्ने कुराको निर्क्‍यौल गर्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here