काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोभिड–१९ को महामारी अब अन्तर्राष्ट्रिय सरोकारको सार्वजनिक स्वास्थ्य आपतकालीन अवस्था (पीएचईआईसी) नरहेको बताएको छ ।
विश्वव्यापी स्वास्थ्य आपतकालको रूपमा अब कोरोना महामारी नरहेको घोषणा गर्दै डब्ल्यूएचओले संक्रमण रोकथामका लागि अपनाउने गरिएका सतर्कता हटाएको हो ।
डब्ल्यूएचओले पहिलो पटक जनवरी ३०, २०२० मा कोभिड–१९ लाई उच्च स्तरको ‘कोभिड सङ्कटकाल’ घोषणा गरेको थियो । त्यसयता विश्वव्यापी स्वास्थ्य विशेषज्ञहरूको एक समितिले हरेक तीन महिनामा हुने बैठकहरूमा सावधानीको चेतावनी जारी गर्दै आएको छ ।
कोरोना भाइरस विश्वव्यापी रुपमा फैलिरहेको समय सन् २०२० को मार्चमा डब्लुएचओले कोभिड–१९ लाई महामारीको रूपमा घोषणा गरेको थियो । विश्वव्यापी स्वास्थ्य आपतकालको रूपमा अब कोरोना महामारी नरहेको घोषणा गर्दै डब्ल्यूएचओले संक्रमण रोकथामका लागि अपनाउने गरिएका सतर्कता हटाएको हो ।
कोभिड–१९ बाट विश्वभर कम्तीमा ७० लाख मानिसको मृत्यु भएको डब्ल्यूएचओको तथ्याङ्कमा उल्लेख छ ।