काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारीहलाई कारबाही गर्ने कुरामा सरकार दृढताकासाथ अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
शनिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
“अनुसन्धान रोकिँदैन। प्रक्रिया, पद्धति र ऐन अनुसार अगाडी जान्छ। दोषी कोहि नछुटुन्, निर्दोष कोही नपरुन् भन्ने मान्यताबाट बोल्ड्ली अगाडी गइन्छ। .. अनुसन्धान रोकिँदैन।……… वहाँ (ओलीजी)ले प्रधानमन्त्रीसँग आएर कसैलाई बचाइदिनु भनेर भन्न मिल्दैन त्यस्तो भएको छैन । कुनै दबाबमा न आई प्रक्रिया अगाडि बढ्छ । “























