२४ घण्टामा ७६ जना कोरोना संक्रमित थपिए

काठमाडौं । नेपालमा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ६०३ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा ७६ जनाको नतिजा पोजिटिभ आएको हो ।

२६ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ९० हजार ९१४ पुगेको छ । हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार ३१ जनाको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here