महिला तथा बालबालिका मन्त्रीमा नेपाली कांग्रेसका सुरेन्द्र आचार्य

काठमाडौं । महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नेपाली कांग्रेसका सुरेन्द्र आचार्य नियुक्त गरेका छन् । मन्त्री आचार्यको शपथ ग्रहण आज दिउँसो साढे १२ बजे शीतल निवासमा तय भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसको सिफारिसमा आचार्यलाई महिला, बालबालिका मन्त्रालयको जिम्मा दिएको हो ।

हाल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हाल्दै आएका नेसपाका महिन्द्रराय यादवलाई वन तथा वातावरण मन्त्रालयको जिम्मा दिन लागिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here