तोलामा १२ सयले घट्यो सुन, कतिमा हुँदै छ कारोबार ?

फाइलफोटो

काठमाडौं। साताको पहिलो दिन आज सुनको मूल्य घटेको छ । आइतबार तोलामा १२ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आज सुनको भाउ प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ निर्धारण भएको छ।

शुक्रबार सुन प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा पुगेर ऐतिहासिक मूल्य कायम भएको थियो। आज चाँदी तोलामा २० रुपैयाँले बढ्दै प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here