रामेछापबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना

काठमाडौं । रामेछापको गुराँसेबाट काठमाडौँतर्फ आउँदै गरेको बा २ ख ८४१८ नम्बरको यात्रुबाहक बस काभ्रेपलाञ्चोकको चौरीदेउराली–४ सुगुरेखोला नजिकैको मोडमा दुर्घटना भएको छ ।

दुर्घटनामा १२ जना घाइते भएकोमा दुई जनालाई थप उपचारका लागि धुलिखेल लगिएको प्रहरीले जानकारी दिएको छ । बसका चालकले गाडीको ब्रेक फेल भएका कारण नालामा लगेर ठोक्काएको प्रारम्भिक बयान दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here