दोहोरो अंकले घट्यो नेप्से, ओरालो लाग्यो कारोबार

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) १९.१२ अंकले घटेर १८५०.६१ बिन्दुमा झरेको हो ।

यसदिन ६० करोड ८१ लाख ३५ हजार ९४ रुपैयाँको २० लाख १५ हजार ९५९ कित्ता शेयर किनबेच भएको छ ।

आज १३ वटा उपसमूहको समूहगत सूचक ओरालो लागेको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम ओरालो लागेको छ । विहीवार ७३ करोड २६ लाख ८९ हजार ८११ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

हाइड्रोपावर समूहको परिसूचक सबैभन्दा धेरै २.०४ प्रतिशतले घटेको छ । दोहोरो अंकले घटेको बजारमा मकर जितुमाया हाइड्रोपावरका शेयरधनीले सर्वाधिक ८.३१ प्रतिशत गुमाएका छन् ।

आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको सवा ३ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यस्तै, मकर जितुमाया हाइड्रोपावर झन्डै २ करोड र नबिल बैंक डेढ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here