अझै थामिएन सेयरबजार, नेप्से ९ अंकले घट्दा ३२ करोडको कारोबार

काठमाडौं, १ भदौ । आइतवार नेप्से परिसूचक ९.२० अंकले घटेर १ हजार २ सय १४.८३ अंकमा झरेको छ ।

कारोबारमा आएका मध्ये उत्पादन क्षेत्रको बाहेक अन्य सबै समुहको समुहको सूचक घटेको कारण सिङ्गो नेप्से परिसूचक नै घटेको हो ।

आइतवार सबैभन्दा धेरै फाईनान्स समुहको सूचक घट्यो । फाइनान्सको सूचक ५.८७ प्रतिशतले घट्यो । त्यस्तै जलविद्युतको १.७३ प्रतिशत, अन्य समुहको १.५९ प्रतिशत, जीवन बिमा समुहको १.५१ प्रतिशतले घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

आइतवार १ सय ६० कम्पनीको ११ लाख १ हजार ७ सय ७६ कित्ता शेयर किनबेच हुँदा ३२ करोड ९५ लाख २७ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

आइतबार सबैभन्दा धेरै ग्लोबल आईएमई लघुवित्त वितीय संस्थाका शेयर धनीले कमाय । ग्लोबर आईएमई लघुवित्तको शेयर मूल्य ९.८५ प्रतिशतले बढ्यो ।

त्यस्तै, रिलायन्स फाईनान्सको ६.८४ प्रतिशत, गुडवेल फाइनान्सको ३.७३ प्रतिशतले बढ्यो अन्यको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा गुराँस लघुवित्त वितीय संस्थाका शेयर धनी रहेका छन् । गुराँसको शेयर मूल्य ४.७५ प्रतिशतले घट्यो ।

त्यस्तै वल्ड मर्चिन्ट बैकिङ्ग एण्ड फाईनान्सको ३.९६ प्रतिशत, गुराँस लाईफ ईन्स्योरेन्सको ३.८५ प्रतिशतले घट्यो भने अन्यको सामान्य अंकले घट्यो ।

आइतवार सबैभन्दा धेरै कारोबार गर्नेमा एनआईसी एसिया बैंक रहेको छ । बैंकले २ करोड ४५ लाख ३४ हजार रुपैयाँको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here