हैदरावादको रोमाञ्चक जित

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गएरातिको खेल रोचक भएको छ । गएरातिको ५२ औं खेलमा राजस्थान रोयल्सले दिएको २१५ रनको विजय लक्ष्य हैदरावादले ६ विकेट गुमाएर पूरा गर्यो ।

अन्तिम बलमा चार रन चाहिएको बेला अब्दुल समादले छक्का प्रहार गर्दै हैदरावादलाई रोमाञ्चक जित दिलाए । यो जितसँगै हैदरावाद आईपीएलको जारी सिजनबाट आउट हुनबाट जोगियो । हैदरावादका लागि अभिषेक शर्माले सर्वाधिक ५५ रन बनाए । राजस्थानका यजुवेन्द्र चहलले ४ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको राजस्थानका लागि जस बटलरले ९५, यशस्वी जयसवालले ३५ र सन्जु सामसनले नटआउट ६६ रन बनाए । नाटकीय जितसँगै हैदरावाद १० खेलमा ८ अंकसहित दिल्लीलाई पछि पार्दै पुछारबाट दोस्रो स्थानमा पुगेको छ । १० अंक रहेको राजस्थान चौथो स्थानमा यथावत छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here