‘सरकार प्रतिवद्धता गरेका कुराहरुबाट पछि हट्दैन्’

काठमाडौं । अर्थमन्त्री डा। प्रकाशशरण महतले सरकार प्रतिवद्धता गरेका कुराहरुबाट पछि नहट्ने बताएका छन् । राष्ट्रियसभामा बजेटका सिद्धान्त र प्राथमिकतामाथि उठेका प्रश्नहरुको मंगलबार जवाफ दिँदै उनले सरकारले प्रतिवद्धता गरेका कुराहरुबाट पछि नहट्ने बताए ।

राजस्व चुहावट नियन्त्रणका लागि सरकार कठोर गम्भीर भएर लाग्ने जिकिर गरे । यो आर्थिक वर्षमा आठ प्रतिशत आर्थिक वृद्धि नहुने भन्दै आगामी वर्ष समावेशी र फराकिलो आर्थिक वृद्धिको लक्ष्यका साथ सरकार अघि बढेको उनले बताए ।

आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले अर्थतन्त्रलाई चलाउन बनाउनका लागि समयमा नै पुँजीगत खर्च र मौद्रीक नीति खुकुलो पार्दै अघि नीति अबलम्वन गरिने बताए ।

‘एकै वर्षमा सबै हुन्छ भनेर म भन्न सक्दिन, यो लामो प्रोसेस हो, गाडी अगाडि बढ्न इन्जिन ठीक भएर हुँदैन, ब्रेकमात्र ठीक भएर हुँदैन, टायर ठीक भएर पनि हुँदैन, सबै पाटपूर्जा एकै लक्ष्यसाथ अगाडि जानुपर्छ’, उनले भने ।

अर्थतन्त्र चलायमान बनाउन आर्थिक वर्षको सुरुवातदेखि नै पुँजीगत खर्च बढाउन पहल गर्ने र नेपाल राष्ट्र बैंक्ले मौद्रिक नीतिमार्फत ब्याजदर घटाउने डा. महतले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here