अवैध रुपमा वैदेशिक रोजागारीमा गएकाहरुलाई एक पटकको लागि वैधता दिने

काठमाडौं । सरकारले अवैधानिक रुपबाट वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुगेका नेपाली नागरिकहरुलाई एक पटकको लागि वैधता दिने तयारी थालेको छ।

मंगलबार काठमाडौंमा आयोजित ‘सम्मानपूर्ण श्रम र आप्रवासी महिला श्रमिकको अधिकार’ विषयक २ दिने राष्ट्रिय कार्यशाला गोष्ठी कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले यस्तो बताएका हुन्।

उनले वैदेशिक रोजागारीमा जाँदा पनि अवैधानिक बाटो हुँदै जाने श्रमिकहरू बढी शोषणमा परेको बताए । उनले अवैध रूपमा विदेश गएका नेपाली नागरिकहरूलाई एकपटकका लागि वैधता दिन सरकारले अभियानकै रूपमा काम थालेको बताए ।

“महिलाहरूको गन्तव्यमुलुकको चोरी बन्द भएको छ । तर महिलाहरू विभिन्न मुलुकमा पुगेका छन् । अनि शोषण भएको छ । बाहिर वैदेशिक रोजगारीमा गएका महिलाहरू सबैभन्दा ठूलो शोषण भनेको जब फरमल नभएर इन्फरमल तवरबाट वैदेशिक रोजगारीमा गएका छन्, सबैभन्दा पहिलो असुरक्षा त्यहाँबाट नै सुरु हुन्छ,” उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here