दुखनीदेवीले जन्माइन् छाती जोडिएका जुम्ल्याहा

काठमाडौं । कोसी अस्पतालमा सप्तरीको कल्याणपुर घर भएकी ३७ वर्षीया दुखनीदेवी भगतले शरीरको अघिल्लो भाग जोडिएका जुम्ल्याहा सन्तानलाई जन्म दिएकी छिन् ।

शिशुको छाती जोडिएको छ भने टाउको, पेटदेखि मुनिको भाग भने अलग छन् । टाउको, आँखा, नाक, मुख, कान, हातखुट्टा जोडिएका छैनन् । नवजात शिशुको तौल साढे तीन केजी छ ।

सुत्केरी व्यथाले च्यापेपछि भगतलाई छिमेकी राधादेवी मण्डलले कोसी अस्पताल ल्याएकी थिइन् । भगतका श्रीमान मिठाइ बनाउने काम गर्ने आनन्द भगत चौधरी सिरहाको लहानमा डेरा गरी बस्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here