अब विदेशबाट आउनेले दुईवटा मोबाइल ल्याउन पाउने

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा गएका नेपालीले आफूलाई आवश्यक हुने थप एक मोबाइल ल्याउन पाउने भएका छन् ।

मन्त्रिपरिषद् बैठकले नियमावली संशोधन गरी पहिला पाइरहेको सुविधाबाहेक थप एक मोबाइल फोन ल्याउन पाउने र एमडीएमएस व्यवस्था पनि लागु गर्ने निर्णय गरेको हो ।

साथै, त्यसरी ल्याएको मोबाइल ‘मोबाइल भिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस)मा समेत दर्ता हुने निर्णय सरकारले गरेको छ ।

यसअघि विदेशबाट आउनेलाई आफूले चलाइरहेको मोबाइल मात्रै ल्याउन पाउँथे। उक्त व्यवस्था अनुसार विमानस्थल भन्सार कार्यालयले कयौं मोबाइल जफत गर्ने गरेको थियो।

त्यस्तै सरकारले नेपाल कृषि वन सेवा समीकरणको सचिवमा रेवतीरमण पौडेललाई बढुवा गरेको छ ।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले सहकारी क्षेत्रको समग्र सुधारका लागि कार्यदल पनि गठन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here